परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

लोकपाटी न्यूज

काठमाडौं। साताको कारोबारको पाँचौ दिन नेपाली सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार परिसूचक नेप्सेमा २० अंकको गिरावट आएको हो।

नेपाली सेयर बजारमा आज नेप्से १६.६९ अंकले झरेर २६१३.६७ विन्दुमा पुगेको हो । कारोबार सुरुवाती समयदेखि घटेको बजार मध्याह्पछि केही बढेको थियो। तरपछि निरन्तर ओरालो लाग्यो।

बिहीबार सबैभन्दा बढी जीवन बिमा र निर्जीवन बिमाबाहेक कारोबार भएका अरू सबै समूहमा गिरावट आएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२४ कम्पनीको करिब ५३ लाख कित्ता सेयर तीन अर्ब २५ लाख रुपैयाँ बराबरमा खरिद-बिक्री भएको हो।