अदालतमा चोरी गरेको आरोपमा एक युवक पक्राउ

hatkadi-pakrau
लोकपाटी न्यूज

पोखरा। जिल्ला अदालत कास्कीमा बुधवार राति चोरी गरेका एक युवक पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका–१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव निरीक्षक सुन्दर तिवारीका अनुसार बुधबार राति अदालतको एक नम्बर इजलास कोठाको ढोकामा लगाएको ताला फोडेर इजलासको भित्र काठको टेबलमा रहेका कागजात यत्रतत्र छरिएको अवस्थामा भेटिएका थिए।

डिएसपी तिवारीले भने, ‘रातको समयमा बैदामस्थित जिल्ला अदालत कास्कीको परिसरमा प्रवेश गरेको देखिएपछि प्रहरीले तुरुन्तै अनुसन्धान सुरु गरेको थियो। ‘रडको प्रयोग गरेर ढोका र टेबल फुटाएको जस्तो देखिएको छ। हामीले बाङ्गिएको रडको टुक्रा पनि बरामद गरेका छौँ।’

अदालतमा हराएका कागजात वा अन्य सामग्रीको बारेमा अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए। प्रहरीले गरेको अनुसन्धानमा अभियुक्तले विगतदेखि नै विभिन्न अपराध गर्दै आएको पाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्