फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ११ सय रुपैयाँले मूल्य बढेको जनाएको हो ।

त्यस्तै, नेपालमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ पुगेको छ। बिहीबार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ छ। यो हिजो बुधबारको तुलनामा ११ सय रुपैयाँले बढी हो।

साताको कारोबारको पाँचौ नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार १३ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।