दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कसले कति कमाए ?

share_market
लोकपाटी न्यूज

काठमाडौं। साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ।

कुल २ अर्ब ५१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो। १० कम्पनीको मूल्य स्थिर रहँदा १०६ कम्पनीको बढ्यो भने ७७ को घट्यो। बैंकिङ ६, विकास बैंक ५६, होटल तथा पर्यटन २०, जीवन बीमा २६८, उत्पादन ४९, लघुवित्त २६, निर्जीवन बीमा ८४ र अन्य उपसमूह २८ अंकले बढे।

व्यापार ८, जलविद्युत् १३ र फाइनान्स उपसमूह ७ अंकले घटे। इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्यो। केही दिनदेखि निरन्तर १० प्रतिशतले बढेको कम्पनीको मूल्य प्रतिकित्ता ६२८.८० पुगेको छ। राष्ट्रउत्थान लघुवित्तको ६ र नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा प्रभु इन्स्योरेन्स (संस्थापक समूह), नेपाल टेलिकम, शिवम् सिमेन्ट, ज्योति विकास र जीवन विकास लघुवित्त क्रमश: अगाडि रहे।