युक्रेनलाई आत्मसमर्पण गर्न रुसको चेतावनी

Vladimir_Putin
लोकपाटी न्यूज

काठमाडौं। रुसले युक्रेनी सहर मारिओपोललाई आत्मसमर्पण चेतावनी दिएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले आत्मसमर्पण गरेमा फसेका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्नेछ।

तर, रुसको प्रस्ताव भने युक्रेनद्वारा अस्वीकार भएको छ। युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने र आत्मसमर्पणका कुरै नउठ्ने बताएका छन्।

बीबीसीका अनुसार युक्रेनी सहर मारिओपोल गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा रहेको छ। त्यहाँ विद्युत्, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन भने त्यहाँ झण्डै तीन लाख मानिस फसेका छन्।

रुसको आक्रमणका कारण मारिओपोलका झण्डै ८० प्रतिशत आवासीय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन्। एक तिहाइ भवनहरु मर्मत गर्न नमिल्ने अवस्थामा पुगेका छन्।