केन्द्रीयस्तरमा चुनावी गठबन्धन नगर्ने जनमत पार्टीको निर्णय

ck_raut
लोकपाटी न्यूज

काठमाडौं। जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ। शनिवार भर्चुअल माध्यमबाट सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले केन्द्रीयस्तरमै कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको हो।

यद्यपि स्थानीय तहको निर्वाचनमा स्थानीय स्तरमा चुनावी तालमेल वा गठबन्धन गर्न भने सकिने नेता वीपी साहले जानकारी दिए। उनका अनुसार स्थानीय तहको निर्वाचन तथा मतगणना सम्पन्न नहुञ्जेलसम्मलाई नेता तथा कार्यकर्तालाई सक्रिय भएर लाग्नसमेत भनेको छ।

जनमत पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चलिरहेको बेला यस्तो निर्णय आएको हो। यो पार्टीले आफ्नो प्रभाव क्षेत्र मधेस प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरिरहेको बताइएको छ। जनमत पार्टीले अघिल्लो स्थानीय निर्वाचन बहिस्कार गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्