प्रकाश सपुतको ‘पिर’ ले बनायो नयाँ रेकर्ड

लोकपाटी न्यूज

काठमाडौं। गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले नयाँ रेकर्ड बनाएको छ। सर्वत्र चर्चामा रहेको गीतलाई एक सातामै एक करोडले हेरेका छन्।

माओवादी जनयुद्धको विषयलाई समेटेर प्रकाश सपुतले बनाएको गीत ‘पिर’ नै अहिले सम्मकै छोटो समयमा एक करोड क्लबमा प्रबेश गर्ने गीत बनेको छ। ‘पिर’ गीत युट्युबमा सार्वजनिक गरिएको एक हप्तामै करोड क्लब मा पुगेको हो।

फागुन २७ गतेको राति सार्वजनिक गरिएको गीतको भ्युज यो समाचार तयार पार्दासम्म १ करोड १६ हजार नाघिसकेको छ।

https://www.youtube.com/watch?v=Gep3jLq32OI

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्