युद्ध अन्त्यका लागि युक्रेनबाट के चाहन्छन् पुटिन ?

Vladimir_Putin
लोकपाटी न्यूज

एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्। बिहीबार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्।

बीबीसीका अनुसार दुई राष्ट्रपतिबीच भएको संवादबारे एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानीमा आधारित छ। के-के हुन् रुसका मागहरू ?

  • युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने।
  • युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।
  • युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ।
  • युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने रुसको चाहना छ।