प्रहरीद्वारा ३५ बिगाहामा लगाइएको अफिम खेती नष्ट

लोकपाटी न्यूज

मकवानपुर। मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ।

राक्सिराङ गाउँपालिका-४ अन्तर्गत चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका-४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका-७ अन्तर्गत बिलासी, ताम्लाङ र सोही गाउँपालिका-८, अन्तर्गत रुपलाङ र डुडलुङ लगायतको क्षेत्रमा ३५ बिगाहामा लगाइएको अवैध लागूऔषध अफिम खेती प्रहरीले मंगलबार फडानी गरी नष्ट गरेको हो।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्