सुनको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। साताको कारोबारको चौथो दिन नेपाली बजारमा सुनको घटेको हो। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १२ सय रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला १ लाख ५ सयमा कारोबार भइरहेको सुन आज नेपाली बजारमा ९९ हजार ३ सयमा कायम भएको महासंघले जनाएको छ। त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य प्रतितोला  ९८ हजार ८०० तोकिएको छ। जसको मूल्य मंगलबार  प्रतितोला  एक लाख रुपैयाँ थियो।

त्यस्तै, नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। अनुसार मंगलबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३ सय ७० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि आज  सुनको मूल्य घटेर प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।