सुनको मूल्य भट्यो, कतिमा हुँदैछ कारोबार ?

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो।

आइतबार १ लाख २ हजार ८ सयमा कारोबार भएको सुन सोमबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस्तै, महासंघका अनुसार नेपाली बजारमा सोमबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ हजार १ हजार ८ सय रुपैयाँ तोकिएको छ।

नेपालमा आइतबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला १४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४१५ रुपैयाँमा कायम भएको छ।