महाअभियोग प्रस्तावमाथिको छलफल चैत २ गते

लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको अर्को बैठकदेखि छलफल हुने भएको छ । सभामुखले अर्को बैठक चैत २ गते तोकेका छन्।

आइतबारको बैठकमा माओवादी केन्द्रमा प्रमुख सचेतक देव गुरुङले राणाविरुद्ध यसअघि संसद सचिवालयमा दर्ता गराएको महाअभियोग पेस गरेका थिए। गत फागनु १ गते २१ बुँदे आरोपसहित राणाविरुद्ध सत्ता गठबन्धन आवद्ध दलले महाअभियोग दर्ता गराएका थिए।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने यसअघि झैं आजको बैठकमा पनि अवरोधलाई निरन्तरता दियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्