काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ रहेकोमा शुक्रबार १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रहेकामा शुक्रबार प्रतितोला रु १ लाख २ हजार १०० मा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ। शुक्रबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४२५ रुपैयाँमा निर्धारण गरिएको छ।



लोकपाटी न्यूज

