सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

Gold
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख २ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ।

नेपाली बजारमा बिहीबार सुन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको थियो। त्यस्तै, शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।

शुक्रबार चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ। बिहीबार एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Tags