मतगणना गर्दा समस्या नहोस् भनेर चुनाव चिन्हको रङ्ग हरियो : आयोग

लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले मतगणना गर्दा समस्या नहोस् भन्ने उद्देश्यले मात्र पतपत्रमा चुनाव चिन्ह हरियो रङ्गको बनाउन खोजेको प्रष्ट पारेको छ।

बिहीबार आयोजितत नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग फरक पारेको जानकारी दिए।

२०७४ सालको निर्वाचनमा चुनाव चिन्ह पनि नीलो रङ्गको थियो। चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाएपछि आगामी निर्वाचनमा रङ्ग भिनन्ता गर्न खोजेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्