सेयर बजारमा लामो समयपछि छायो हरियाली

Nepse mathi
लोकपाटी न्यूज

काठमाडौं। लामो समयपछि नेपाली सेयरबजारमा हरियाली छाएको छ। बिहीबार परिसूचक नेप्से ५२.२१ अंकले र सेन्सिटिभ सूचक ६.२४ अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार २२६ सेयर कारोबार भएकामा ५६ लाख १० हजार कित्ता बिक्री भएको छ। जसमा दिनभरि ४३ हजार ५३८ पटकको खरिदबिक्रीपछि २ अर्ब ७९ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ।

बिहीबार १३ मध्ये १२ उपसूचक हरियो छन्। जसमा कमाउने लगानीकर्ताले ९.९८ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले ३.०८ प्रतिशतले घाटा व्यहोरेका छन्। आज १६ करोडसम्मको सर्वाधिक कारोबार भएको छ।