ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार १ लाख ३ हजार कायम भएको थियो।

अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँले मूल्य बढेसँगै डेढ वर्षअघिको उच्च मूल्यको रेकर्ड तोडिएको छ। २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै, नेपाली बजारमा बुधबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भएको छ। मंगलबार चाँदी १४१० रुपैयाँमा कारोबार भएको थियो।

Tags