काठमाडौं। टर्कीमा आउँदो बिहीवार रुस र युक्रेनका विदेश मन्त्रीबीच भेटवार्ता हुने भएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमणपछि उनीहरूबीच टर्कीमा वार्ता हुन लागेको टर्कीका विदेशमन्त्री मेवलुत काबुशोग्लुले जानकारी दिएका छन्।
उनका अनुसार रुसी विदेशमन्त्री सेर्गेइ लाबरोब र युक्रेनका विदेशमन्त्री दमित्रो कुलेबाबीच १० मार्चमा टर्कीको अन्तल्यामा वार्ता हुनेछ।
काबुशोग्लुले एक ट्वीट गर्दै रुस र युक्रेनका विदेशमन्त्रीविच टर्कीमा भेट हुन लागेको जानकारी दिएका हुन्। साथै उक्त भेटमा आफू पनि सहभागी हुने उनको भनाइ छ।
रुस, युक्रेन र टर्कीका विदेशमन्त्रीबीच अन्तल्या डिप्लोमेसी फोरमको दौरान वार्ता हुन लागेको हो।



लोकपाटी न्यूज

