सुनको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार?

Gold
लोकपाटी न्यूज

काठमाडौं । दिनहुँ बढ्दै आइरहेको सुनको मूल्य सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार १ सयले बढेको हो।

नेपाली बजारमा आइतबार एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुन आज ११ सयले बढेर १ लाख ३ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ २ हजार ५ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो।

सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार चाँदीको मूल्य आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Tags