साताको पहिलो दिन नेप्से परिसूचकमा गिरावट

nepse-1
लोकपाटी न्यूज

काठमाडौं। साताको पहिलो दिन नेपाली बजारमा सेयर बजार सामान्य अंकले घटेको छ। संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै ओकालो लाग्ने अनुमान गरिएको सेयर बजार ओरालो लागेको छ।

आइतबार सेयर बजार नेप्से परिसूचक ३.३५ अंकले घटेर २५ सय ४३.३५ विन्दुमा झरेको छ। २३० कम्पनीका ५ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

नेपाली बजारमा सबैभन्दा बढी आज मेलुङ खोला जनविद्युत् कम्पनिको सेयर ७.८० प्रतिशतले बढेको छ। त्यस्तै, आइतबार सबैभन्दा धेरै कारोबार  शिभम् सिमेन्टले १५ करोड बढी आम्दानी गरेको छ।