काठमाडौं। तनहुँको सदरमुकाम दमौलीमा पर्ने व्यास नगरपालिका-४ मेनरोडमा लागेको आगो साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ । आइतबार बिहान १० बजेबादेखि सुरु भएको आगो दिउँसो २ः३० बजे नियन्त्रणमा आएको छ।
आगलागीबाट ज्योति जनरल सप्लायर्स हुँदै आसपासका करिब एक दर्जन घरमा क्षति पुगेको छ। आगलागी अनियन्त्रित भएपछि आगो निभाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानी सहितको सिम्रिक एयरको हेलिकप्टर लिएर दमौलीमा आएको बताए।
हेलिकप्टरको प्रयोग बिना आगो नियन्त्रण लिन असम्भव भएको खबर पाएपछि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडसँग समन्वय गरी हेलिकप्टर लिएर आएको मन्त्री श्रेष्ठले बताए।



लोकपाटी न्यूज