काठाडमौं । तनहुँको दमौली बजारमा भएको भीषण आगलागी नियन्त्रण गर्न काठमाडौंबाट हेलिकोप्टर पठाईएको छ।
जमिनबाट आगो नियन्त्रणमा लिन नसकिने भएपछि हेलिकोप्टरले पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयका एकजना अधिकृतले बताए।
त्यसअघि, पनि ठूला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो। बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ।



लोकपाटी न्यूज