सुनको मूल्य तोलामा एक लाख नाघ्यो, यस्तो छ चाँदीको भाउ

gold
लोकपाटी न्यूज

काठमाडौं । दिनहुँ बढ्दै आइरहेको सुनको मूल्य आइतबार प्रतितोला १ लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ।

नेपाली बजारमा आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भइरहेको चाँदीको मूल्य आइतबार १३८० रुपैयाँमा कारोबार भइरहेको छ।

Tags