काठमाडौं । पछिल्लो चौबिस घण्टामा नेपालमा थप १२६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ र १८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार शुक्रबार नेपालमा ३८५ जना डिस्चार्ज भएका छन्। त्यतै, आज थप एक जनाको मृत्यु भएको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २४२ जना रहेको मन्त्रालयले जनाएको छ।



लोकपाटी न्यूज