शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Gold
लोकपाटी न्यूज

काठमाडौं । नेपाली बजारमा दिनहुँ बढ्दै गइरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो।

योसँगै बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा पुगेको छ।

शुक्रबार नेपाली बजारम चाँदीको भाउ भने स्थिर अवस्थामा रहेको छ। बिहीबार चाँदी १३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि प्रतितोला १३८० मै कारोबार भइरहेको छ।