काठमाडौं। रुस र युक्रेनबीच दोश्रो चरणको वार्ता स्थानीय समय अनुसार बिहीबार बिहान बेलारुस-पोल्याण्डको सीमा बेलोभज्स्काया पुस्चामा बस्ने बताइएको छ। वार्ता सुरु हुनुअगावै रुसी सेनाले युक्रेनका मुख्य मुख्य शहरमा आक्रमणलाई तीब्र बनाएको छ।
रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनका सहायक भ्लाडिमिर मेडिन्स्कीले रुसी वार्ताकारहरु वार्ता हुने स्थानमा बुधबार साँझ पुगिसकेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ।
युक्रेनी वार्ताकारहरु बिहीबार बिहान त्यता पुग्ने उनले बताउँदै मेडिन्स्कीले दुबै मुलुकले दोश्रो चरणको वार्ता गर्न सो स्थान छनौट गरेका हुन्। सम्भावित युद्धविरामलगायतका विषयवस्तुमा वार्ता हुनसक्ने दुवै पक्षले बताएका छन्।



लोकपाटी न्यूज

