सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

gold
लोकपाटी न्यूज

काठमडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बुधबार बढेर ९९ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १३३५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज बढेर १३७५ रुपैयाँ पुगेको हो।

Tags