सिन्धुली । एमसीसी अनुमोदनकोविरुद्ध नेपाल बन्द भन्दै सोमबार सिन्धुलीमाडी बजार बन्द गर्दै हिँडेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मदन भण्डारी राजमार्गअन्तर्गत मरिण गाउँपालिकामा रुख ढालेर सडक अवरोध गर्न खोज्ने तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको हो। एमसीसीको विरुद्धमा रहेका विभिन्न राजनितिक दलहरुले सोमबार बन्दको आव्हान गरेका थिए।
सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई बहुमतले अनुमोदन गरेको छ ।



लोकपाटी न्यूज