सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

gold
लोकपाटी न्यूज

काठमाडौं । आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९९ हजार रुपैयाँ रहेको सुन शुक्रबार १ हजार घटेको थियो।

आइतबार १ हजार ४ सयले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही कमी आएकाले नेपालमा पनि घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला १३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार १२९५ रुपैयाँ कायम भएको छ।