तिलक थापाका दुई कविता

लोकपाटी न्यूज

सभ्य बन्न सिकौं

तिम्रो घमण्डले सोचाइ बिग्रेको, अविश्वासले धोका।
धेरै जन्मेका रहेछन् भ्रष्टाचारी, थोरै होलान् चोखा।
शुद्ध छैन न्याय पनि किनबेच हुने पोको।
महलबाट खै देख्याै र तिम्ले भोका नाङ्गा रोको।

राम्रो विकास गर न साथी पर्दैन अमर ठान्नु ।
तिम्रो भुल हो तिमीले खाए झैं मृत्यु ले घुस खान्छ ?
मात्र बाँकी रहेछ तिमीले एउटा कुरा जान।
निर्दोषको हात बाँध्न सक्छौ तर कहाँ सक्छौ मृत्यु बाँध्न।

विकास निर्माण पछि पार्न भ्रष्टहरुको छायाँ ।
आफ्नाे इमानदारी बेच्नु हुन्न गरौं देशको माया।
यही त हो ठूलो भुल सबैलाई एकै ठान्छन् ।
छट्पटिँदा राेगले हामी आफू भने विदेश जान्छन्।

सबै नागरिक समान हुन् सत्य यही ठान्नु ।
पक्षपाती बन्नु हुन्न शुद्ध न्याय दिन जान्नु ।
सबैले सभ्य बन्न सिके हुने थियो राम्रो ।
घुसखाेरीकाे अन्त्य भए देश बन्छ हाम्रो ।

उल्टो ध्वनि सुन्ने दोषी कान

तिम्रो पनि थिएन होला दोष आफूलाई सत्य सम्झेर होला।
मनमुटाव किन हुन्छ मित्रतामा सोचाइ बिपरित हुँदा ।
फर्केर आफूलाई राम्ररी नहेरी अर्कोलाई दोष दिनु किन ?
सम्झेर हेर मानव जीवन कति समय मृत्युबिहिन रहला।

कुराले हो सत्यता नबुझी निकटका साथी पनि बिर्सने ।
आफैँलाई देख्छन् रे गतिलो म नै हो असल भनेर ।
साथी छ अति असल दोष नभएको शुद्ध तर ।
छिनभरमै कसरी मित्रताको बन्धन तोडेर दुश्मनझैँ पर।

आफ्नो कमजोरी केलाउने गर्छ निर्दोषले गाली सहेर रहँदा ।
बुझ्दैन तर उसको प्यारो मित्रले मर्का उल्टो ध्वनि सुन्ने कान हुँदा।
त्यसैले बिचार पुर्‍याउने गरौं, सबैले सोचेर दिमागले अति।
सत्य तथ्य नबुझी कुरा साथी त्याग्नु हुन सक्छ ठूलो क्षति ।

  • तिलक थापा, अरुण गाउँपालिका-७, भाेजपुर ।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्