काठमाडाैं। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । यसअघि तीन जनाको नाम चर्चामा रहे पनि अन्तिममा आएर केसी निर्विरोध अध्यक्ष बनेकी हुन् ।
प्रदेश कमिटीको पहिलो बैठकले केसीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्यसमेत रहेकी केसी कर्णाली प्रदेश सरकारमा झण्डै तीन वर्ष भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
केसी अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रदेश इञ्चार्ज समेत हुन् । शनिबारदेखि जारी प्रदेशको प्रथम सम्मेलन मंगलबार २११ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको थियो । अन्य पदाधिकारीको टुङ्गो लागिसकेको छैन । अन्य पदाधिकारी चयनका लागि भने बैठक जारी नै छ ।



लोकपाटी न्यूज

