काठमाडाैं। नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिवसमेत रहेकी गुरूङलाई पार्टीले गण्डकी प्रदेश अध्यक्ष बनाएको हो ।
प्रदेशमा ८ जना पदाधिकारीसहित २ सय २९ सदस्यीय समिति रहने व्यवस्था छ । माओवादी केन्द्र गण्डकी प्रदेशले अहिले अध्यक्षमा गुरूङसहित २ सय १ सदस्यीय कमिटी बनाएको छ । बाँकी पदाधिकारी र सदस्य भने पछि चयन हुने भएको छ ।
नवनिर्वाचित अध्यक्ष गुरुङले आउँदो निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलो पार्टी हुने गरी काम गर्ने बताइन्। माओवादी केन्द्रले भौगोलिक ७ र गैरभौगोलिक ३ गरी १० वटा प्रदेश संरचना बनाएको छ । जसमध्ये महाधिवेशन भएका प्रदेश कमिटी मध्ये कार्यकारी पदमा उनी पहिलो महिला अध्यक्ष बन्न पुगेकी हुन् ।



लोकपाटी न्यूज

