युट्युबर भरत पक्राउ, अश्लील शीर्षकमा भिडियो प्रसारण गरेको आरोप

लोकपाटी न्यूज

काठमाडौं। प्रहरीको साइबर ब्‍यूरोले युट्‍युब च्यानलमार्फत् अश्लील शीर्षक राखी अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

कालीकोटको साबिक नानिकोट गाविस वडा-९ हाल पचाल झरना गाउँपालिका-९ स्थायी ठेगाना भई काठमाडौंको बुढानीलकण्ठ-९ मा बस्‍दै आएका २१ वर्षीय भरतबहादुर तिरुवालाई ब्‍यूरोले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्‍यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्