माओवादी स्थायी कमिटी बैठक शुरु, के विषयमा हुँदैछ छलफल ?

Maobadi_Kendra
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी १ बजे मात्रै शुरु भएको हो ।

आजको बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै दुई दिनपछि (मंसिर २५) मा हुने प्रदेश सम्मेलनका बारेमा समेत छलफल गर्नेछ।

माओवादीले यसअघि वडा र पालिकाको सम्मेलन सम्पन्न गरिसकेको छ । यस्तै आजको बैठकमा विधानमा रहेको अस्पष्टताका बारेमा समेत छलफल गरेर निर्णय गर्ने तयारी गरेको माओवादी नेताहरुले बताएका छन् ।

माओवादीले यसअघि प्रदेशमा पाँच सदस्यीय पदाधिकारी, प्रदेश कार्यालय, प्रदेश सचिवालय, प्रदेशका विभाग, जनवर्गीय संगठनका इन्चार्ज र जिल्ला समन्वय समिति लगायत रहने बताएको थियो । जसमा केन्द्रीय सदस्यको भूमिका प्रदेशमा के हुने भन्ने प्रस्ट नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्