बन्धक बनाएर युवतीमाथि जबर्जस्तीकरणी, दुई पक्राउ

Kaliyug - rape
लोकपाटी न्यूज

काठमाडाैं। नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जीतेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्तीकरणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्