काठमाडाैं। एमालेको १० औँ महाधिवेशनकाे उद्घाटन कार्यक्रम आज हुँदैछ। साे महाधिवेशनमा सहभागी हुन विभिन्न दलका शीर्ष नेताहरु समेत पुगेका छन्।
तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमालेकाे महाधिवेशनमा गएका छैनन्। उनले कार्यक्रमकाे शुभकामना दिनकाे लागि पार्टीकाे तर्फवाट लीलामणि पोखरेललाई पठाएका छन्।
एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो ।प्रचण्डले भने आफू काभ्रेका दुईवटा पालिकामा हुने पार्टीको अधिवेशन उद्घाटनमा गएका कारण सहभागी हुन नसकेकाे जनाउँदै पार्टी प्रतिनिधि पठाएकाे जनाएका छन् । आफू नजाने भएपछि उनले नेता पोखरेललाई पठाएका हुन् । पोखरेल चितवन पुगिसकेका छन् ।



लोकपाटी न्यूज

