काठमाडाैं। मिक्वाखोला गाउँपालिका ४ साँवामा निर्माणाधिन जलविद्युत आयोजनामा कार्यरत एक युवकको शव मृत भेटिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रबत्ता कैलाश कुमार अधिकारीका अनुसार उनीहरुलाई पक्राउ गरी सदरमुकाम फुङलिङ ल्याइएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका ३ का अर्पण याक्खा सोमबार मृत भेटिएका थिए । जन्मदिनको पार्टी मनाउन गएका उनी मृत भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
जाहेरी दिन परिवारका सदस्य आउने क्रममा रहेको र पक्राउको क्रम जारी रहेकाले बुधबार बिहानसम्ममा विस्तृत विवरण सार्वजनिक गर्ने अधिकारीले वताए । अर्पणको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले उनको हत्या आशंकामा सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।



लोकपाटी न्यूज

