शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रतिबद्ध छाैं : प्रचण्ड

लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न लागिपरिरहेकाे बताएका छन्। विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पूरा भएको अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले युद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएका कमीकमजोरीहरूको छानविन गर्न प्रतिबद्ध भएकाे बताएका हुन्।

‘युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुंगाेमा पुर्‍याई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ ।’, जारी वक्तव्यमा भनिएकाे छ, ‘आजसम्मका राजनीतिक उपलब्धिहरूप्रति गर्व गर्दै सो क्रममा भएका कमी–कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौं।’

पछिल्लो १५ वर्षमा राज्य पुनर्संरचना, लोकतन्त्रको संस्थागत, समावेशी–समानुपातिक सहभागितामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीलगायतका काम सम्पन्न भएकाे भन्दै साे प्रक्रियामा योगदान गर्ने सबैलाई अध्यक्ष प्रचण्डले बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्।

प्रेस वक्तव्यको पूर्णपाठ : 

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/11/Press-Statement-From-Chairman-Prachanda-078-08-05.pdf”]