प्रधानन्यायाधीशद्वारा नेपाल बारलाई वार्ताकाे आह्वान

Cholendra Rana
लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्ताका लागि नेपाल बार एशोसिएशनलाई पत्र पठाएका छन्। उनले पत्रमा वार्ताको लागि आह्वान गरेका छन्।

बारका एक अधिकारीका अनुसार प्रधान्यायाधीशले वर्तमान समस्याको निकासका लागि तयार रहेको भन्दै बारलाई पत्र पठाएका हुन्। बारको जारी बैठकमा अध्यक्ष चन्डेश्वर श्रेष्ठले उक्त पत्र वाचन गरेका थिए।

प्रधानन्यायाधीशले पठाएको पत्रमाथि बारको कार्यसमिति बैठकमा छलफल भइरहेको बार स्राेतले जनाएकाे छ।  नेपाल बार एशोसिएशनले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्