प्रधानन्यायाधीशसँग बेञ्च सेयरिङ नगर्ने न्यायाधीशहरुकाे निर्णय

sarbochh
लोकपाटी न्यूज

काठमाडाैं। पूर्ण बैठक बसेर गोलाप्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले नेपाल बार एसोसिएसन र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच सहमति नभएसम्म जबरासँग बेन्च सेयरिङ नगर्ने निर्णय गरेका छन् ।

इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोलाप्रथाबाट मुद्दा हेर्न इजालास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन् ।

बैठकपछि सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘गोलाप्रथाअनुसार हामी मुद्दा हेर्न इजलास जान्छौं, तर बार र प्रधानन्यायाधीशबीच सहमति नभएसम्म हामी उहाँसँग इजलास सेयर गर्ने पक्षमा छैनाैं।’

जबराविरुद्ध बारले थालेको आन्दोलनमा समर्थनस्वरूप यस्तो निर्णय गरिएको  ती न्यायाधीशले बताएका छन्। इजलास नफर्कंदा जनताले सास्ती पाएको भन्दै फर्कन राजी भएको तर प्रधानन्यायाधीशमाथि बारले उठाएका प्रश्नमा न्यायाधीशहरू एकमत रहेको उनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्