काठमाडाैं। सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ। बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धित निर्देशिका पास गरेको हो ।
सर्वोच्च अदालतको आज बसेकाे पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको सर्वाेच्च स्राेतले जनाएकाे छ। सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिमार्जनसहित पास गरिएको हो ।
यो निर्देशिका अब राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्च अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् । यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ । नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फकिने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने जनाएका छन् ।



लोकपाटी न्यूज

