आफूले बाेलाएकाे ‘फुल कोर्ट’मा प्रधानन्यायाधीश आफैं अनुपस्थित

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकमा प्रधानन्यायाधीश आफैँ अनुपस्थित भएका छन् ।

बाँकी १९ जना न्यायाधीशहरूको बैठक भने सर्वाेच्चमा जारी छ । प्रधानन्यायाधीशले फुल कोर्ट बैठकको निर्णयमा हस्ताक्षर गरेर प्रमाणीकरण गर्नुपर्ने हुन्छ । स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूलाई फुल कोर्ट बैठकमा गरिने निर्णयलाई आफूले हस्ताक्षर गरेर प्रमाणीकरण गर्ने बताएका छन् ।

सर्वोच्चमा पछिल्लो समय देखिएको गतिरोधका विषयमा फुल कोर्ट बैठक बसेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्