असन्तुष्ट १८ न्यायाधीश पनि फूलकाेर्टमा सहभागी हुने

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकाेर्ट बाेलाएका छन्। आफ्नाे राजीनामाका सम्बन्धमा बारकाे आन्दाेलन जारी रहेकाे बेला प्रधानन्यायाधीश जबराले भने सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन्। स

र्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो एक बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची रहेकाे छ ।

स्राेतका अनुसार यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । प्रधानन्यायाधीशले गोलाप्रथा लागू गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्