सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद्मा एक जना सदस्य थपेका छन् । अघिल्लो मंगलबार मुख्यमन्त्री भएका शाहीले नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीलाई मन्त्री बनाएका हुन् ।
शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनले मंगलबार नै शपथग्रहण गरेका छन् ।
मन्त्री शाहीले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनी मुगु १ (ख) का सांसद हुन् ।



लोकपाटी न्यूज
