सुनसरीबाट विप्लवका २२ कार्यकर्ता पक्राउ

Biplab netra bikram chand
लोकपाटी न्यूज

सुनसर। बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीका अनुसार बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ परेका हुन्।

इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि उनीहरुलाइ तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । धरानमा सवारी साधन तोडफोड आरोपमा पक्राउ गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेकपाले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ । बिहानैदेखि धरान, इटहरी, इनरुवालगायतका बजार, छोटो तथा लामो दुरीका यात्रुबाहक बस, सवारी साधन बन्द छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्