काठमाडौं। सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ।
न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराकाे राजीनामा माग गर्दै चरणबद्ध आन्दाेलन भइरहेकाे बेला न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोज शर्मा नियमित इजलासमा फर्किएका हुन् । यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट अन्य मुद्दाको पनि सुनुवाइ शुरु गरेकाे सर्वाेच्चले जनाएकाे छ।
करिब तीन सातादेखि नेपाल बार एशोसिएशनका कानून व्यवसायी र सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा छन् । प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउन सोमबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग आयोजित छलफल बहिष्कार गरेका ५ जना मध्ये ४ जना न्यायाधीश नियमित मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किएका हुन्।



लोकपाटी न्यूज

