विप्लवका कार्यकर्ताद्वारा साझा बस ताेडफाेड

biplab netra bikram chand
लोकपाटी न्यूज

काठमाडाैं। ललितपुरमा बन्दकर्ताले साझा यातायातको बसमा तोडफोड गरेका छन् । मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ ख ८७५५ नम्बरको बस तोडफोड गरेका हुन् ।

बन्दमा बस चलाएको भन्दै बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता सुशील सिंह राठौरले जनाए।

प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टाचारलगायतकाे विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्