काठमाडाैं। सामान्यतया नेपालीको भान्छामा दैनिक खुर्सानीको प्रयोग गरिन्छ । खुर्सानी पनि थरिथरिका हुन्छन्। सबै खुर्सानी स्वास्थ्यका लागि फाइदाजनक नहुन पनि सक्छन्। खुर्सानीका कति गुण छन् भने कति अवगुण पनि छन् ।
खुर्सानीका विभिन्न प्रकारमध्ये यहाँ हामीले अकबरे अर्थात् डल्ले खुर्सानीको बारेमा चर्चा गरेका छौं । हुन त अकबरे खुर्सानी अन्य खुर्सानीको तुलनामा निकै पिरो हुन्छ । तर, यो खुर्सानी जति पिरो हुन्छ उत्तिनै स्वास्थ्यका लागि फाइदाजनक पनि रहेकाे हुन्छ । अकबरे खुर्सानीकाे सेवनले मानव स्वास्थ्यमा विभिन्न फाइदा पुग्ने डाक्टरहरु बताउँछन्।
यस्ता छन् अकबरे खुर्सानी खानुका फाइदाः
अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ । अकबरे खुर्सानीको नियमित सेवन गर्ने हो भने पेटमा हुने ग्यास्टिक तथा अल्सर जस्ता रोगहरु पनि निको हुँदै जाने हुन्छ ।
अकबरे खुर्सानी नियमित सेवन गर्दा यसले मानव शरीरकाे मोटोपना घटाउन मद्धत गर्छ । त्यस्तै अकबरे खुर्सानीमा क्याप्सिसिन पाइन्छ । जसका कारण पेट सम्बन्धी मात्र होइन अन्य रोगीलाई यसले समेत फाइदा पुर्याउँछ ।
अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ भन्ने अध्ययनले देखाएकाे छ । यसको सेवनबाट पिसावको बिरामीलाई निकै फाइदा गर्ने गर्दछ। -विभिन्न एजेन्सीकाे सहयाेगमा



लोकपाटी न्यूज

