शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने मेघा बैंककाे घाेषणा

mega-bank
लोकपाटी न्यूज

काठमाडाैं। मेगा बैंकले आफ्ना शेयरधनीलाई १२.०७ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको हाे।

प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ।  लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपछि र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकले जनाएकाे छ।