‘प्रधानन्यायाधीशकाे राजीनामा नै न्यायालय सुधारकाे ‘बटमलाइन’ हाे’

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरूले न्यायालय सुधारको ‘बटमलाइन’ नै प्रधानन्यायधीशको राजीनामा भएको अडान लिएका छन् ।सोमबार बसेको न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म उनीसँग बेञ्च ‘शेयर’ नगर्ने पनि निर्णय गरेका छन् ।

राजीनितिज्ञसँग साँठगाँठ गरेर सत्ता सञ्चालनमा समेत भागवण्डा गरेको तथा न्यायालय सुधारमा अनिच्छा देखाएको आरोप खेपिरहेका प्रधानन्यायाधीश जबराले तोकेका बन्दी प्रत्यक्षीकरण बाहेकका इजलास पनि नबस्ने अडान दोहोर्‍याएका छन् ।

न्यायालय सुधारको एक मात्रै उपाय जबराको राजीनामा नै भएको उनीहरुकाे ठहर छ।  प्रधानन्यायाधीश जबराले असन्तुष्ट न्यायाधीशहरू इजलास फर्किएको भन्दै भोलि (मंगलवार)बाट नियमित पेसी तोक्ने तयारी गरिरहेका बेला न्यायाधीशहरूबीच यस्तो सहमति जुटेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्